नीताको फिल्ममा कोशिस क्षेत्री फाइनल



नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् । खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ । फिल्ममा कोशिस क्षेत्री र नीता ढुङ्गाना मुख्य भुमिकामा रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् ।

फिल्मको मुख्य लिड फाइनल भए पनि अन्य कलाकार भने फाइनल भएका छैनन् । यद्यपी फिल्मका लागी कलाकार सुनिल थापा, विशाल पहाडी लगायतसंग कुरा भइरहेको बुझिएको छ । पुर्णतया प्रेम कथा समेटिने फिल्मको नाम भने जुराइएको छैन । फिल्म ‘मोमो हन्टिङ्’ कलाकारको समय नमिलेर आगामी जेठबाट मात्र छायांकनमा जाने भएपछी त्यस बिचमा लभ स्टोरी फिल्म गर्न लागेको नीताले बताइन् ।

फिल्म नीताको सोलो लगानीमा निर्माण हुने समेत बुझिएको छ । हाल फिल्मको गीत-संगीत र स्कृप्टमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal