छवी शिल्पा प्रकरण : विवाहका साक्षी सम्झना र विकास विरुद्ध अक्तियारमा उजुरी



छवी-शिल्पा-हेमा प्रकरणले दिनहुँ जसो नयाँ मोड लिँदै गएको छ । छवीकी जेठी श्रीमती हेमा ओझाले छवी र शिल्पालाई विपक्षी बनाई उनीहरु विरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा काठमाडौँ जिल्ला अदालतले छवी र शिल्पालाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको २४ घण्टा नपुग्दै यो प्रकरणमा नयाँ ट्विस्ट आएको छ ।

हेमाको मुद्धा हेरिरहेको यूनाइटेड नेपाल लिगल सर्भिसेजले फिल्म निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार संगै उनका पति विकास रौनियार र काठमाडौँ महानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष समेतको विरुद्धमा अक्तियारमा उजुरी दिएको हो । उनीहरुमाथी बहुविवाह गराएको आरोप लगाइएको छ ।

एउटा विवाह कायम रहँदा रहँदैको अवस्थामा अर्को विवाह गर्नु गैरकानुनी हो नै त्यसमा मतियार (साक्षी) बस्नु पनि गैरकानुनी ठहरिन्छ । छवी र शिल्पाको विवाहका साक्षी बसेका सम्झना र विकास संगै बुहुविवाह दर्ता गरेका वडा अध्यक्ष सहित उक्त विवाह दर्ता प्रकृयामा सामेल भएका सम्पूर्ण कर्मचारी विरुद्ध अक्तियारमा उजुरी परेको हो ।

उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय उनीहरुले समेत भोग्नु पर्ने हुन्छ । बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ । मतियार (साक्षी)हरुको हकमा माथि उल्लेखित सजायको आधा सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal