चन्द्रागिरिको सौन्दर्य ड्रोन क्यामेराबाट हेर्दा



काठमाडौंभित्रै केबलकार चढेर धार्मिकरुपले विशेष महत्व राख्ने मन्दिरसम्म आउनु आफैंमा अनुपम छ । चुचुरोबाट अभूतपूर्व प्राकृतिक सौन्दर्यतालाई नियाल्न पाइने साथै हप्ता भरिको थकान मेटेर स्वच्छ वातावरणमा रमाउन चन्द्रागिरि पहिलो विकल्प बनेको छ।

चन्द्रागिरि मा अहिले केबलकार चढेर जानेहरुको बिहानैदेखि भीड लाग्छ । छिनछिनमै बदलिरहने मौसमका कारण पहाडमा ठोकिन आइपुग्ने सेतो बादलका बीचबाट केबलकारमार्फत चन्द्रागिरि पुग्दा स्वाभाविक रुपमा सबैलाई आनन्द महसुस हुन्छ ।

केबलकार:- काठमाडौंँको थानकोट चेकपोष्टबाट १ दशमलव.३ किलोमिटर बायाँतर्फ केबलकारको आधार स्टेशन छ । आधार स्टेशनबाट केबलकारमा चन्द्रागिरि पुग्न केबलकारमा ९ देखि १४ मिनेट लाग्ने । पर्यटक तथा दर्शनार्थी ओसार्न ३८ वटा क्यारियर सञ्चालन छन् । एउटा क्यारियरमा ८ जनासम्म अटाउँछन् । यिनले दिनमा झण्डै १० हजार पर्यटकलाई चुचुरोमा पुर्‍याउने र फिर्ता गर्ने क्षमता राख्छन् ।

बालबालिकाको मनोरन्जनका लागि बाल उद्यान, छुट्टी मनाउनका लागि बार, सभा-सम्मेलनका लागि बहुउद्देश्यीय हल र भ्यु टावर रेष्टुरेन्टले यहाँको सौन्दर्यमा अझै विविधता थपेका छन् । नेपाल भ्रमणमा आउने विदेशी पाहुना र नेपालको आन्तरिक पर्यटनलाई बडावा दिने पर्यटकका लागि एक रातको सजिलो गन्तव्य देशकै राजधानीमा चन्द्रागिरिले बनाइ दिएको छ ।  

फोटो:- कमल प्रसाई

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal