मञ्जु पौडेलले तीज गीतमा आफ्नै आमालाई यसरी नचाइन् (भिडियो)



चर्चित गायिका मञ्जु पौडेल को आवाजमा रहेको तीज गीत ‘नाच्छु घुमेर’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्दमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतको भिडियोमा गायिका पौडेल संगै संचारकर्मी अनुषा पौडेलको नृत्य रहेको छ ।

भिडियोमा गायिका पौडेलकी आमा भगवती पौडेलको समेत अभिनय देख्न सकिन्छ । काम भन्दा भन्दै आफ्नी आमाबाट टाढा रहेका छोरीहरु तीजको अवसर पारेर घर फर्किएको कथा भिडियोमा समेटिएको छ । शिव विकको कोरियोग्राफी तथा निर्देशनमा सौरव लामाको छायांकन रहेको सार्वजनिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

मौलिक तीज गीतहरु गाउन रुचाउने गायिका मञ्जु पौडेलले गत बर्ष ‘माइतीको आँगन’ र ‘छम्म छम्म’ बजारमा ल्याएकी थिइन् । ‘तीजले हाम्रो मौलिकता बोकेको छ । त्यसैले तीजमा तडक भडक भन्दा नि मौलिक गीत नै गाउन मन लाग्छ । त्यसैको निरन्तरता स्वरुप यस बर्ष आफ्नी आमालाई पनि समेटेर ‘नाच्छु घुमेर’ गीत ल्याएकी छु । आशा छ दर्शकले अघिल्ला गीतहरु जस्तै यो गीतलाई पनि माया गर्दिनुहुनेछ,’ गायिका पौडेलले भनिन् ।

त्यस्तै भिडियोमा अभिनय गरेकी संचारकर्मी अनुशा पौडेलले मञ्जु पौडेलका गीतहरुमा मौलिकता झल्किने भएका कारण पनि हरेक बर्ष आफुहरुको सहकार्य हुँदै आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal