‘नेपाल-भारतले एकअर्कोलाई दोष लगाएर समस्या समाधान हुँदैन’-देउवा



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढी तथा डुबान पीडित भएको स्थान सम्म सरकार नपुगेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले पेश गरेको विशेष सार्वजनिक महत्त्वको प्रस्तावको समर्थनमा बोल्दै देउवाले सरकार पीडित भएको स्थान सम्म नपुगेको आरोप लगाएका हुन्।

आफू तराईंका विभिन्न बाढी र डुवान प्रभावित धेरै जिल्ला डुवान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको आरोप लगाए । उनले पाल, खाद्य, पानी लगायतका आवश्यक वस्तु नपुगेको बताए। उनले एकले अर्कोलाई गाली गरेर केही नहुने बताए। उनले भने, ‘भारतले नेपाललाई दोष दिने र नेपालले भारतलाई दोष दिने चलन वर्षौ देखि चल्दै आएको छ,अझै यो क्रम कैले सम्म चल्छ?’

नेपालमा वर्षापछि आएको बाढी र डुबानले भारतको बिहार लगायतका प्रदेशमा पनि प्रभाव परेको थियो। जसले सयौँ भारतीयको ज्यान समेत गएको थियो भने लाखौँ भारतीय बाढीबाट प्रभावित भएका थिए। भारत सरकारले नेपालका कारण उक्त बाढी र डुबान भएको आरोप लगाएको थियो भने नेपालले भारतले सीमानामा अनधिकृत बाँध निर्माण गरेकाले नेपाली जमिन डुबानमा परेको आरोप लगाएको थियो।सरकार भनेको दुःख परेको बेला चाहिने भन्दै देउवाले यस्तो भयावह स्थितिमा सरकारले ध्यान नदिएको दावी गरे।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal