छवी र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी



बहुविवाह सम्बन्धी कसूरमा निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कालिमाटी महिला सेलमा हेमाको उजुरी दर्ता भएको थियो ।

छवीकी पहिलो श्रीमती हेमा ओझाको जाहेरीको आधारमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले छवी र शिल्पालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार महिला सेल कालिमाटीले अनुसन्धान थालनी गर्दै दुवैको खोजि गरिरहेको छ ।

कानुन अनुसार अब छवी र शिल्पालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागी हिरासतमा राखिनेछ । हिरासतमा राखेको २५ दिन भित्रमा प्रहरीले अनुसन्धान पुरा गरी अदालतमा फाइल पेश गर्नु पर्नेछ । अदालतले दोषी ठहर गरे उनीहरुलाई ५० हजारसम्म जरिवाना र ५ बर्ष सम्मको जेल सजाय हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal