निर्देशनमा डेब्यु गर्दै निर्माता सुवास गिरी



नोभेम्बर रेन, क्लासिक, पर्व, कृ लगायतका फिल्म निर्माण गरेका निर्माता सुवास गिरीले निर्देशनमा डेब्यु गर्ने भएका छन् । आफ्नै होम प्रोडक्सन सुवास इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको नयाँ फिल्म उनी आफैले निर्देशन गर्न लागेका हुन् ।

‘नन्दुलाल’ रनिङ टाइटल राखेएको फिल्मका लागी अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा फाइनल भएका छन् । हाल स्कृप्टको काम भइरहेको फिल्म माघ देखी छायांकन सुरु गर्ने तयारी रहेको निर्माता गिरिले बताएका छन् । फिल्ममा कथा खगेन्द्र लामिछाने कै रहनेछ ।

सामाजिक कथावस्तुमा आधारित फिल्मका लागी अन्य कलाकार केही समयपछी फाइनल गरिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal