‘हजार जुनी सम्म’ पुरानै मितिमा प्रदर्शन हुने



बलिउड फिल्म ‘साहो’को प्रदर्शन मिती सरेसंगै फिल्म ‘हजार जुनी सम्म’ पुरानै मितिमा प्रदर्शनमा आउने भएको छ । साहो कै कारण भदौ ६ मा सरेको फिल्म अब साउन ३०बाट नै प्रदर्शनमा आउने भएको हो । प्रदर्शन मिती हेरफेरसंगै फिल्मको केही पोस्टर समेत सार्वजनिक भएका छन् ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु अटाए पनि अतिथी भूमिका रहेका अभिनेत्री प्रियंका कार्की र कलाकार निर्देशक दीपाश्री निरौला भने अटेका छैनन् ।

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अनुभव रेग्मीको साथमा प्रियंका कार्की, दीपाश्री निरौला तथा नयाँ कलाकार अकी प्रधानको मुख्य भूमिका रहेको छ । फिल्ममा निर्देशक स्वयम् र सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहेको छ । विशाल चाम्लिङको निर्माणमा तयार भएको फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal