मनिष राउत बने ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर



‘प्रेमगीत ३’ फिल्म बाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गर्न लागेका नव-नायक मनिष राउत ‘डक्टर डेनिम’ क्लोथिङ ब्राण्डको एम्बेसडर नियुक्त भएका छन् ।

भदौ महिना देखी बिक्रि सुरु गर्न लागेको उक्त ब्राण्डका सुमन गौतमले ‘प्रेम गीत ३’ सम्बन्धित विभिन्न सामग्रीहरु हेरेपश्चात मनिषलाई ब्राण्ड एम्बेसडरको रुपमा लिएको बताए । एम्बेसडर नियुक्त भएका नव-नायक मनिष राउतले भने आफु ब्राण्ड एम्बेसडर नियुक्त भएको मा आफैँ अचम्मित भएको बताए । कुनै पनि फिल्म प्रदर्शनमा नआउँदै आफु माथी एक ब्राण्डले गरेको भरोसा प्रती खुसी ब्यक्त गर्दै भने, ‘रिलीज भएपछि के हुन्छ थाहा छैन तर, यसबाट मैले धेरै मेहनत गर्नुपर्ने जिम्मेवारी भने थपिएको छ ।’

पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरु बिक्रि गर्ने ‘डक्टर डेनिम’ ब्राण्डले महंगो रकममा मनिषलाई एम्बेसडर नियुक्त गरेको बुझिएको छ । नेपाल तथा अन्य केही मुलुकमा एकसाथ आउने लागेको डक्टर डेनिमसँग मनिष पाँच बर्षको लागी आवद्ध भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal