‘दुबो फुल्यो’को डान्स कभर कम्पिटिसन



भदौ १३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’को लागि ‘डान्स कभर कम्पिटिसन’ आव्हान गरिएको छ । डान्स कभर कम्पिटिसनमा सहभागी हुनका लागी इच्छुकले कभर भिडियो बनाएर ओएसआर डिजिटलको ई-मेल आइडी [email protected] पठाउनु पर्नेछ ।

प्रतिस्पर्धामा सहभागी मध्येबाट उत्कृष्टलाई ३ लाई पुरस्कृत गरिनेछ । उक्त प्रतियोगीतामा प्रथम हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सार्वजनिक गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको छ । गीतको निर्देशन रेनशा वान्तवा राई राणाले गरेकी हुन् भने, कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal