२० लाख लिएर पुजाले साइन गरिन् नयाँ फिल्म

अभिनेत्री पूजा शर्मा दार्जीलीङबाट निर्माण हुने एक नयां फिल्ममा अनुबन्धित भएकी छिन् । उक्त फिल्मका लागि पुजाले २० लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ ।
फिल्म निर्माण यूनिट र अभिनेत्री पुजा शर्मा बिचमा सोमबार लिखित सम्झौता समेत भइसकेको बुझिएको छ । फिल्मको सुटीङ तिहारपछी सुरु हुने बताईएको छ ।
पुजा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’, ‘पोई पर्यो काले’ प्रदर्शनको पर्खाइमा छ भने केही हप्ता अगाडीबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’को सुटिङ सुरु भएको छ ।
फोटो : कुशल राई / फेसबुक