‘राजा साहेब’ बन्दै रमित



फिल्म ‘राजा साहेब’ निर्माण घोषणा भएको छ । रमित ढुंगानाको मुख्य भूमिका रहने फिल्मको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका विच निर्माण घोषणा गरिएको हो । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा फिल्मको शुभ मुहुर्त समेत गरिएको छ ।

बिचल किरातीको निर्देशनमा निर्माण हुने फिल्ममा रमितका अलवा धिरेन शाक्य, जयकिशन बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जन लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । यही फिल्मबाट दुई नायिका सोनिका केसी र आइशा राईले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् ।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्मका कार्यकारी निर्माता शंकर न्यैपाने, आकाश राई र आइशा राई हुन् । चन्द्र लामा, ज्याक सुब्बा र भिम कार्की निर्माता रहेको फिल्ममा सिसम डाँगी सह–निर्माताको रुपमा रहेका छन् ।

निर्देशक राईकै कथा पटकथा तथा संवाद रहेको फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व, पवन गौतमको छायांकन र समिर मियाँको सम्पादन रहनेछ । फिल्म तिहारमा प्रदर्शनमा आउने निर्माण पक्षले बाताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal