ऋतिकको ‘सुपर ३०’ सय करोड क्लबमा



ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ प्रदर्शनको ११ औं दिनमा सय करोड क्लबमा प्रवेश गरेको छ । पहिलो हप्तामा ७५ करोड कलेक्सन गरेको फिल्म दोस्रो सातामै सय करोड क्लबमा सामेल भएको हो ।

पटनाको गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्मलाई दर्शकले रुचाइरहेका छन् । यो फिल्मले भारु. ११ करोड ८३ लाखमा ओपनिङ गरेको थियो । कन्टेन्ट बेस्ट फिल्म भएको हुदाँ बिस्तारै फिल्मको व्यापारमा सुधार आएको छ । भारतिय ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटर मार्फत सुपर ३० को बक्स अफिस कलेक्सन सार्वजनिक गरेका छन् ।

यो फिल्मले शुक्रबार ४ करोड ५१ लाख कमाइ गरेको थियो, शनिबार ८ करोड ५३ र आइतबार ११ करोड ६८ लाखको कलेक्सन गर्दै सय करोड क्लबमा पुगेको छ । आइतबार सम्म फिल्मले १०५ करोड ५८ लाख कालेक्सन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal