‘साहो’ पोष्टरमा प्रभास र श्रद्धाको रोमान्टिक पोज



अगस्ट ३० बाट प्रदर्शनमा आउने फिल्म ‘साहो’ को पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका दुई मूख्य कलाकार प्रभास र श्रद्धा कपुरको रोमान्टिक पोज देख्न सकिन्छ । पोस्टर सार्वजनिक भएसंगै पोस्टर सामाजिक संजालमा भाइरल भएको छ ।

हिन्दी, तमिल र तेलेगु भाषामा एकसाथ रिलिज हुने फिल्म बाहुबली सिरिज पछीको प्रभासको फिल्म भएका कारण पनि प्रतीक्षारत फिल्म बनेको छ ।यस फिल्ममा ८ मिनेट लामो एक्सन सिनका लागिमात्र ७० करोड भारू खर्च गरिएको भनिएको छ। यो फिल्म तयार गर्न करिब ३ सय करोड भारू खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal