‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत ‘दुवो फुल्यो’ सार्वजनिक



चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत ‘दुवो फुल्यो’ सार्वजनिक भएको छ । हर्क साउदको शब्दमा एसडी योगीको संगीत रहेको सार्वजनिक गीतमा हेमन्त राना र रितिका श्रेष्ठको स्वर रहेको छ । फिल्मका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा, बुद्धी तामाङ, विजय बराल, माओत्से गुरुङ लगायत फिचर्ड सार्वजनिक गीतको भिडियोमा वाइल्डरिपर्जको कोरियोग्राफी रहेको छ भने निर्देशन रेनशा वान्तवा राई राणाको रहेको छ ।

माउण्टेन स्टोरिजको सहकार्यमा बासुरी फिल्म्स प्राली प्रोडक्सनको ब्यानरमा सिनेमा आर्ट्सको प्रस्तुती रहेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रेनशा वान्तवा राई राणाको कोरियोग्राफी, शैलेन्द्र डि. कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, निर्देशक गुरुङ संगै उपेन्द्र सुब्बाको कथा रहेको फिल्मका सह-निर्माता रुदेन सादा लेप्चा हुन् । फिल्मलाई मणि राम पोखरेल, अर्जुन कार्की, ॐ चन्द रौनियारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के. राई लगायतको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal