फ्लोरमा ‘हेल्लो काँशीराम’



रिम विश्वकर्माको निर्माण तथा निर्देशनमा बन्ने चलचित्र ‘हेल्लो काँशीराम’को छायाँकन प्रारम्भ गरिएको छ । कमेडी जनराको चलचित्रमा चर्चित नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘हेल्लो काँशीराम’ पूर्णत हाँस्य प्रधान चलचित्र बन्ने निर्देशक रिम बिस्वकर्माले बताए ।

पी.बि.थापा सह-निर्माता रहेको चलचित्रलाई यम आले मगरले छायाँकन गर्दैछन् भने जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । २५ दिनमा छायांकन सक्ने योजना सहित सोमबारबाट चलचित्रको छायाँकन प्रारम्भ भएको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द रहनेछ । दिलिप र नवज्योतिको अलावा फिल्ममा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राई, सरोज केसी, सुमन खाँड लगाएतका कलाकारको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal