प्रितम र आयुषले भेटे प्रधानमन्त्री



प्रितम आचार्य र आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसगं भेटबार्ता गरेका छन् । भेटमा प्रितम र आयुषले सारेगमप रियालीटि शोमा सहभागी हुदाको अनुभव सुनाएका छन् । आईतबार करिव ११ बजे तिर प्रधानमन्त्रीसंग भेटघाट भएको थियो । भेटघाट करिव एक घण्टा भन्दा बढि भएको थियो भने भेट पश्चात प्रधानमन्त्रीको आफ्नो स्वकीय सचिबको साथमा भाटभटेनि सुपर मार्केटमा लगेर मनलगेको सपिङ गरिदिनु भएको प्रितमका संगीत गुरु राजु केसीले बताउनु भयो ।

भेटमा प्रधानमन्त्रीले आफनो बाल्यकालका कुराहरु सुनाउदै बाल गायकद्वयलाई “राम्रो संग पढनु पर्छ, तिमीहरुले राष्टको लागि केहि गर्नु पर्छ, राम्रो गित गाउनु र तिमीहरुले अझ राम्रो गदै जानु” भनेर शुभकामना दिनुभएको छ । प्रीतम आचार्यले प्रधानमन्त्रीलाई “जहाँ छन् बुद्धका आखा” बोलको गित गाएर सुनाएका थिए । प्रधानमन्त्रीले पनि प्रितमको सो गीत प्रस्तुतिमा ताली बजाउनु भएको थियो ।

त्यस्तै आयुष केसीले पनि “आफ्नै घर ढलेको छ” बोलको गित गाएका थिए । भेघटघाटमा प्रधानमन्त्री लगायत मिडियाकर्मी र उच्च अहोदाका विभिन्न व्यतिहरुको उपस्थिति रहेको थियो । भारतको चर्चित टेलिभिजन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा प्रीतम तेस्रो र आयुष चैथो भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal