छवी शिल्पा प्रकरणले लियो नयाँ मोड, जेठी श्रीमतीले हालिन् उजुरी



निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चा भैरहँदा त्यसमा नयाँ ट्विष्ट आएको छ । निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाले आइतवार प्रहरी वृत्त गौशालामा बहुबिबाहको उजुरी दिएकी छन् । उनले वकिल स्वागत नेपालको साथमा गएर उजुरी हालेकी हुन् । उक्त उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । हेमाको उजुरी संगै यो प्रकरणले नयाँ मोड लिएको छ ।

हेमाले हालेको उजुरीमा आफुसंग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरी निजहरुलाई कानुन बमोजिम हदैसम्म सजायको माग गरिएको छ । अब छवी शिल्पा प्रकरणमा हेमा जोडिएसंगै यो प्रकरणले कुन मोड लिन्छ भन्ने चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal