नीता र प्रज्वलको ‘सोच’ टिजर



एक्शन लभ स्टोरी फिल्म ‘सोच’को टिजर सार्वजनीक भएको छ । पूजन सिंह (प्रभाकर प्रकाश)को निर्देशन रहेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना, पूजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ ।

भदौ २० गते देखि प्रदर्शनमा आउने फिल्ममा प्रज्वल, नीता र निर्देशक पूजन स्वयम् मुख्य भूमिकामा छन् । गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा एनवी महर्जनको द्धन्द्ध र रामजी लामीछाने र पूजन सिंहको कोरियोग्राफी रहेको छ । बिदुर पाण्डेको छायांकन रह्जेको फिल्ममा कथा निर्देशक पुजनकै रहेको छ भने पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal