आर्यन र मिरुनाको ‘च च हुई’ मंसिरमा



चकलेटी नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको अभिनय रहेको फिल्म ‘च च हुई’ मंसिर ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा आर्यन र मिरुनासंगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय रहेको छ । सिजन दाहाल र सन्देश अर्यालको कथा लेखन रहेको फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ भने छायांकन सुशन प्रजापतिले गरेका हुन् । फिल्मलाई एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal