के शिसनसँग प्रेममा छिन् शृंखला ?



मिस नेपाल २०१८ कि विजेता शृंखला खतिवडा हाल टर्कीमा छिन् । टर्कीमा घुमफिर गर्दै गर्दा उनको प्रेम चर्चाले नेपाली मनोरंजन क्षेत्रमा राम्रै स्थान पाएको छ । टर्कीको इस्तानबुलमा रहेकी शृंखलाले सामाजिक संजालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

उनले भ्लगर शिसन बाँनियासंग खिचेको एक तस्बिरले उनीहरुको निकटता प्रस्टाएको छ । शिसनको काँधमा टाउको अढ्याएर खिचिएको उक्त तस्बिर सार्वजनिक भए संगै उनीहरुको प्रेम चर्चा सुरु भएको हो । सो तस्बिर हेर्दा शृंखला शिसनमा समर्पित हुन खोजेको भान हुन्छ । उनले शिसनको काँधमा आफ्नो टाउको राख्दा आफुलाई सुरक्षित महसुस गरेको देखिन्छ । सो फोटोमा क्याप्सन राख्दै उनले शिसनलाई ‘लिटरल पाट्नर इन क्राइम’ भनेकी छिन् ।

शिसनले शृंखलाका लागी मिस नेपालको प्रतिस्पर्धामा बनाएको एक भिडियोले निकै चर्चा पाएको थियो । शृंखलाले शिसनको नाम अक्सर आफ्नो सफलता संगै जोडेर लिने गरेकी छिन् । अब शृंखलाली आफ्नो सफलताको सारथी मानेका शिसन जीवनकै सारथी बने भने राम्रै होला ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal