पर्यटक संख्या सँगै चितवन राष्ट्रिय निकुञ्जको आम्दानीमा पनि वृद्धि



गत आर्थिक वर्ष ०७५/७६ मा एकलाख पचासीहजार छसय चवालिस (१,८५ ,६४४) पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् ।

बि.सं.२०३० (सन् १९७३) मा निकुञ्ज स्थापना भएपछि पहिलोपटक यतिका धेरैले निकुञ्ज अवलोकन गरेको निकुञ्जले जनाएको छ ।

यसअघि आर्थिक वर्ष ०७१/७२ मा १ लाख ७८ हजार २ सय ५७ पर्यटक आएका थिए। त्यसपछि वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्न सकेको थिएन । भूकम्प, भारतीय नाकावन्दी, नारायणगढ मुग्लिन सडकखण्डको पहिरो र बाढीका कारण निकुञ्ज घुम्न आउने पर्यटकहरु बढन सकेका थिएनन् ।

पर्यटक संख्या बढेसँगै निकुञ्जको राजश्व आम्दानी पनि बढेको छ। ‘गत आर्थिक वर्षमा २९ करोड १० लाख ९७ हजार रुपैयाँ राजश्व संकलन भयो । आर्थिक वर्ष ०७४/७५ मा २४ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन संकलन भएको थियो ।’- निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्का बताउछन् । निकुञ्जले गर्ने आम्दानीबाट ५० प्रतिशत राजश्व निकुञ्जसँग जोडिएको बस्ती मध्यवर्ती क्षेत्रमा खर्च गर्ने कानुनी व्यवस्था छ।

चितवन निकुञ्ज छिर्न १० नाका छन्। सौराहा प्रमुख नाका मानिन्छ। निकुञ्ज घुम्ने ९० प्रतिशत पर्यटक सौराहा नाकाबाट भित्रिने गर्दछन् । सरकारले चितवनको पटिहानीलाई एक सय पर्यटकीय गन्तव्यमा समेटेपछि यहाँ पर्यकीय गतिविधि बढेको छ भने पूर्वाधार निर्माणमा पनि लगानी बढेको छ । सौराहा क्षेत्रमा ‘मास टुरिज्म’ बढेको छ । आन्तरीक पर्यटकहरु सौराहा आउने गर्दछन् । खर्चालु पर्यटक पटिहानी र मेघौली क्षेत्रमा केन्द्रित छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal