‘सरौतो’ टिजरमा सुमीको एक्सन धमाका

कार्तिक २२ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा नायिका सुमी मोक्तानलाई एक्सन अवतारमा देखाइएको छ । सरौतो टिजरले साउथ इण्डियन फिल्ममा प्रयोग हुने एक्सनको झल्को दिन्छ । टिजरमा सुमीसंगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा फिचर्ड छन् ।

एक्सन प्रधान यस फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ । छायाँकारका रुपमा चर्चित हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।
बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रविन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको छ ।
फिल्ममा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन नेवार र श्रेया सोताङको स्वर सुन्न सकिन्छ ।