अगष्ट २मा पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’



अगष्ट २ तारिखमा पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’को आयोजना हुने भएको छ । उक्त फेसन शोमा उदाउँदै गरेका मोडलहरु र्याम्पमा उत्रनेछन् । एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शो अष्ट्रेलियामा पनि आयोजना हुनेछ ।

नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरनमा मोडलहरु स्टेजमा हिड्ने आयोजकले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । यो कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहनेछन् । यस्तै, ‘कर्पोरेट क्विन २०१९’ शित्तल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् ।

यो कार्यक्रममा गायिका मिलन नेवार र प्राप्ती तुलाचन,गायक धिरज राइ लगायतले आफ्नो प्रस्तुति राख्नेछन् । शोको कोरियोग्राफर मुस्कान रानी हुन् । आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित गर्दै आयोजना गर्न लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal