मल्लिका बनिन् ‘नेपाल स्टार मोडल २०१९’



सिद्धि मिडियाको आयोजना रहेको नेपाल स्टार मोडल २०१९ को ताज मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधि समेत हात पारेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै नेपाल स्टार मोडल बनेकी हुन् ।

प्रतियोगितामा सृजना मैनाली फर्स्ट रनर अप र सुभाष तामाङ सेकेन्ड रनरअप घोषित भए । मैनालीले बेष्ट वाक, मोस्ट फ्रेण्ड्ली उपाधि समेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा जिते ।

प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युअर्स् च्वाइस्, मोस्ट पपुलर, मोष्ट ट्यालेन्ट समेत गरि ४ उपाधि हात पारे ।

पुर्व प्रधान सेनापती रुकमाङ्गद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री संचिता लुईटेल, समाजसेवी कृष्ण देवकोटा, नेपालस् चब्बी मोडलको फष्ट रनरअप मिनु तामाङ, जीना ताम्राकार, अनिल विर सिंह तुलाधर प्रतियोगिताको निर्णायकको रुपमा रहेका थिए ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहणी, कामकाजी ब्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायी लगायत सबैलाई ब्यक्तित्व बिकासका लागि उपयुक्त प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal