शान्तिपूर्ण राजनीतिमा आए विप्लव समूहसँग वार्ता हुन्छ – प्रवक्ता बास्कोटा



हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले दाउपेच अथवा शक्ति सञ्चयका लागि वार्ता नहुने भन्दै सिके राउतको झैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आउने हो भने जुनसुकै बेला वार्ता गर्न तयार रहेको प्रस्ट पारे । उनले भने, ‘मान्छे पहिला छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने, त्यसपछि उहाँहरु वार्तामा आउनु भएन भने ?’

मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले विप्लव समूहसँग वार्ता नगर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal