आयुष्मानलाई हेर्न दर्शकले सानो मन किन गरेका ?



असार २७ गते देखि प्रदर्शनमा आएको फिल्म ‘सानो मन’मा आयुष्मान देशराज जोशीले अभिनय राम्रो गरेका छन् । जतिले फिल्म हेरेका छन् उनको अभिनयको तारिफ नै गरेका छन् । तर, हेरेकाहरुले गरेको तारिफले फिल्म हेर्न अरु दर्शक हल सम्म तान्न सकेन ।

सानो मन भन्दा आगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रेम दिवस’मा पनि आयुष्मानको अभिनयको तारिफ नै भएको हो । तर, सो फिल्म हेर्न पनि दर्शक हल सम्म जान मानेनन् । सानो मन फिल्म प्रदर्शन पुर्व फिल्म निर्माण यूनिटले प्रचार प्रसारमा खासै ध्यान दिएनन् । आयुष्मान आफैले पनि फिल्म प्रचार प्रसारमा धेरै समय खर्च गर्न सकेनन् ।

एक पछि अर्को फिल्ममा आयुष्मानको अभिनय सुधारीँदै गए पनि उनलाई हेर्न दर्शकले हल सम्म जान मन गरेका छैनन् । आखिर आयुष्मानलाई हेर्न दर्शकले किन सानो मन गरेका होलान् ?

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal