सम्पादकीय



मनोरञ्जन उद्योगको वृद्धि संसारभर नै ज्यामितिय गतिमा भइरहेको छ । नेपालको मनोरञ्जन उद्योग पनि विश्वको यो वृद्धिदरमा पछाडि छैन । सिनेमा, संगीत र कलाका अन्य विधामा नयाँ नयाँ प्रयोग भइरहेका छन् र आम मानिस योसँग जोडिएका कलाकारको दैनिकीसँग परिचित हुन चाहान्छन् ।

सिनेमा र संगीतका यस्तै स्रष्टालाई दर्शकमाझ साक्षात्कार गराउने उद्देश्यले इन्ट्रो नेपालको थालनी भएको हो । पर्यटन पनि मनोरञ्जनको महत्वपूर्ण पाटो भएको कुरालाई हृदयाङ्गम गर्दै हामीले पर्यटनका सामाग्रीलाई पनि वेबसाइटमा विशेष स्थान दिनेछौं । मनोरञ्जन केन्द्रमा भए पनि इन्ट्रो नेपालमा नेपालको पर्यटन प्रवर्धनलाई सघाउने सामाग्री पनि यथोचित रुपमा पस्कने वाचा सहित पत्रकारिताका मूल्य मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal