मण्डलामा ‘मैनदानी’



सिक्का इन्टरटेनमेन्टको प्रस्तुतीमा मण्डला थिएटरमा नाटक ‘मैनदानी’ मंचन भइरहेको छ । असार १३ गते देखि सुरु भएको नाटक मंचन साउन ५ गते सम्म चल्ने छ ।

एण्टन चेखवको छोटो कथा ‘द वोर्क अफ एन आर्ट’ बाट प्रभावित नाटक मैनदानीमा परिकल्पना तथा निर्देशन संयोग गुरागाईको रहेको छ । युनिक केसी निर्माता रहेको मैनदानी सोमबार बाहेक हरेक दिन ५ बजे र शनिवार अतिरिक्त सो दिउँसो १ बजे मंचन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal