निराजन र लक्ष्मीको ‘भेट किन भयो’



सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘भेट किन भयो’ बोलको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशन निशक खड्काले गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने सम्पादन विकाश धमालाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal