३७ औं जन्मदिन मनाउदै प्रियंका



बलिउडदेखि हलिउडसम्म आफ्नो कलाको जादु देखाइरहेकि प्रियंका चोपडा १८ जुलाई अर्थात् आज ३७ औं वर्षमा लागेकी छिन् । प्रियंकाको जन्म सन् १९८२ मा भारतको जम्सेदपुरमा भएको हो ।

उनको चिनारी अभिनेत्री मात्र नभई गायिका, फिल्म निर्मात्री तथा मोडल पनि रहेको छ । उनले सन् २००० मा ‘मिस वल्र्ड’ को उपाधि जितेकी थिइन् । उनको सन् २००३ मा रिलिज ‘द हीरो:लभ स्टोरी अफ अ स्पाई’ बलिउडमा डेब्यू फिल्म हो । प्रियंका मुख्य भूमिकामा रहेर बलिउडमा डेब्यू गरेको फिल्म भने ‘अन्दाज’ रहेको छ ।

जुन फिल्मले उनलाई बेस्ट फिमेल डेब्यूट अवार्ड दिलाएको थियो । उनी सन् २०१८ मा आफु भन्दा करीब १० वर्षे कान्छा अमेरिकन गाएक निक जोनास सँग विवाह बन्धनमा बाँधिएकी हुन् । प्रियंकाले ४५ भन्दा बढि बलिउड तथा हलिउड फिल्ममा काम गरेकी छिन् ।

उनलाई भारत सरकारले प्रतिष्ठीत अवार्ड ‘पध्म श्री’ ले सन् २०१६ मा सम्मान गरेको थियो । उनले अहिलेसम्म १२६ वटा अवार्ड जितेर ७३ पटक नोमिनेसनमा परिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal