बाढीपीडितलाई अक्षय कुमारको २ करोड सहयोग



बलिउड अभिनेता अक्षय कुमारले भारतको आसाम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन्।

उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन्।ट्विटरबाट उनले यसको जानकारी दिएका हुन्। अक्षय कुमार अभिनित ‘मिशन मंगल’ रिलिजका क्रममा रहेको छ। सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal