‘साहो’ को एक मिनेटको सिन खिच्न एक अर्ब



प्रदर्शनको तयारीमा रहेको बलिउडको नयाँ फिल्म ‘साहो’ लाई यो वर्षकै सबैभन्दा उत्कृष्ट फिल्मको रुपमा हेरिएको छ ।

प्रभासद्वारा अभिनित उक्त फिलमलाई वर्षकै सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि निर्माताहरुले खुलेर खर्च गरेका छन् । पछिल्लो पटक समार्वाजनिक भएको एउटा खबर अनुसार ८ मिनेट लामो एक्सन सिक्वेन्सका लागि निर्माताले ७० करोड भारु -करिव एक अर्ब १२ लाख रुपैयाँ) खर्च गरेका छन् ।

प्रभासको एक्सन तथा डरलाग्दो स्टन्टले भरिएको फिल्म साहो निमाण्र्ँको क्रममदेखि नै चर्चामा छ । उक्त फिल्मको टीजर, पोस्टर तथा पहिलो गीत साइको सैयाँ सार्वजनिक भसकेको छ ।

एउटा समाचार संस्थासँग कुराकानी गर्दै फिल्मका छायांकार माधीले भनेका छन्-‘आबूधाबीमा छायांकन गरिएको ८ मिनेटको एक्सन सिक्वेन्सका लागि निर्माताहरुले ७० करोड भारु खर्च गर्नु पर्‍यो ।

छायांकनको दृष्टिकोणले पनि फिल्म उत्कृष्ट बनेको छ । चलचित्रका केही दृष्यहरु हेरेरै यसले ईतिहास रच्ने छ भन्ने कुरामा आशावादी हुन सकिन्छ । एउटा सिंगल सिक्वेन्सका लागि निर्माताले करोडौं रुपैयाँ खर्च गर्ने हिम्मत कमै गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal