‘काँचुली’ ट्रेलर सार्वजनिक



बिजि बर्मा फिल्म्सको ब्यानरमा निमार्ण भएको फिल्म ‘काँचुली’को ट्रेलर सार्वजनिक भएको छ ।

कला राईको प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुली ट्रेलरमा शुभेच्छा थापाको साथमा सुबास गजुरेल,शर्मिला शर्मा,अन्जना ज्योती,अस्मि थापा, राजन श्रेष्ठको साथमा नव कलाकार दिपक राई र भुमा सापकोटा अटाएका छन् ।

सुशील डाँगीको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जन र दिलिप राईको नृत्य रहेको फिल्ममा राजु लामा, राजेन्द्र बजगाइ, शंकर अधिकारी घायलको संगीत रहेको छ भने नित्याशिवा, सपना श्री, अनिता लामा, राजेन्द्र बजगाइ र शम्भु रैकाको स्वर सुन्न सकिनेछ ।

फिल्म साउन २४ गते देखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal