‘साधना म्यूजिक अवार्ड २०७६’ हुँदै



आगामी साउन ६ गते साधना म्यूजिक अवार्ड २०७६ आयोजना हुने भएको छ । उक्त अवार्डमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

त्यसैगरी गीतसंगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका म्यूजिक खबरका सम्पादक सविता पोखरेल, राष्ट्रखबरका पत्रकार राज लुइँटेल र रेडियो नेपालका संचारकर्मी क्षितिज समर्पणलाई ‘साधना संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी अवार्डमा नेपाली गीतसंगीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ समेत प्रदान गरिने छ ।

कार्यक्रममा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीतसंगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal