फेसबुकलाई ५ अर्ब डलर जरिवना



फेसबुकलाई ५ अर्ब डलर जरिवना गर्न अमेरिकी नियमकले अनुमति दिएको छ । अमेरिकी मिडियामा प्रकाशित समाचारहरुका अनुसार डेटा गोपनियता उल्लंघन गरेको मुद्दामा फेसबुकलाई यो जरिवाना तिराउन अनुमति दिइएको हो ।

केम्ब्रिज एनालिटिकाले फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको तथ्यांक प्राप्त गरेको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी)ले अनुसन्धान गरिरहेको छ ।

द वाल स्ट्रीट जर्नलका अनुसार एफटीसीमा सत्तारुढ रिपब्लिकन समर्थकहरु फेसबुकलाई ५ अर्ब डलर जरिवाना गराउने पक्षमा थिए भने डेमोक्र्याटहरु विपक्षमा । यो जरिवानालाई न्याय मन्त्रालयले स्वीकृत गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal