राहत तथा उद्धारका लागि १५ हजार नेपाली सेना खटिए



लगातारको बर्षा पछी बाढी पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि नेपाली सेनाले १५ हजार जना खटिएको बताएको छ ।

बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद उद्दारका सामग्रीसहित १५ हजार जना खटिएका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको समेत बताएको छ । सेनासँग काठमाडौंमा २ वटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल, र धनुषामा एउटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा रहेको विज्ञप्तिमा जनाइएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal