कुकुर बिरालालाई जस्तो व्यवहार गरियो – कलाकार सरोज खनाल



अग्रज कलाकार सरोज खनालले राष्ट्रिय चलचित्र अवार्ड वितरण कार्यक्रममा आफुहरुलाई कुकुर बिरालालाई गर्ने जस्तो व्यवहार गरेको बाताएका छन् । अवार्ड कार्यक्रममा नृत्य प्रस्तुती गर्ने कलाकारहरुले भोग्नु परेको दु:ख कस्टको बारेमा इन्ट्रो नेपालसंग कुराकानी गर्दै उनले आफु केही हद सम्म त्यो व्यवहार भोग्नु पर्ने प्रती सजग रहेको भएता पनि आफु भन्दा अग्रज कलाकारले समेत अपमानजनक व्यवहारको सामना गर्नु परेको बताए ।

उनले वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले समेत ढोकामा बसेर आफैँले निर्देशन गरेको प्रस्तुती हेर्न बाध्य भएको खुलासा गरे । सम्भवत नेपालका सबै भन्दा पाका नृत्य निर्देशकले भोग्नु परेको त्यो हविगत प्रति दु:ख पोख्दै उनले नेपाली कलाकारको सम्मान सरकारी स्तरमा हुन नसक्नु दुर्भाग्य रहेको बताए । ‘कलाकारलाई भाषण गर्दा मात्रै राष्ट्रको गहना भनियो तर उनीहरुको सम्मान राष्ट्रले गर्न सकेन’, उनले भने । प्रस्तुतीका लागी ट्वाइलेटमा बसेर ड्रेस परिवर्तन गर्न आफुहरु बाध्य भएको भन्दै उनले आइन्दा त्यस्ता कार्यक्रममा सहभागी नहुने समेत बताए ।

एक फरक प्रसङ्गमा उनले पछिल्लो समयका चल्तीका कालाकारले लिने महङ्गो पारिश्रमीकले फिल्मको गुणस्तर कम भएको बताए । अहिले कलाकारलाई त्यती महङ्गो पारिश्रमिक दिनु भन्दा पनि फिल्मको मेकिङमा लगानी गर्नु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal