अनमोलको फिल्ममा भूवन भिलेन



अभिनेता भूवन केसीले आफ्नै होम प्रोडक्सनमा बन्न लागेको नयाँ फिल्ममा आफू भिलेनको अवतारमा देखिन लागेको खुलाएका छन् । आइतबार काठमाडौँमा आयोजना भएको फिल्म ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भूवनले भने ‘अहिले हामी हाम्रो होम प्रोडक्सनको नयाँ फिल्मको तयारी गरिरहेका छौँ । जहाँ, नायक अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिँदैछन् । म भने पूर्ण रुपमा भिलनेको अवतारमा देखिँदैछु ।’

अभिनेता केसीले यसका लागि फूलेको लामो दाह्री पाल्न लागेको बताए । भूवनको गेटअप पनि अहिले परिवर्तन भएको छ । फिल्म ‘ए मेरो हजुर ३’ सुपरहिट भएपछि नायक अनमोल केसी अहिले मौन छन् । उनले, आफू कतै नहराएको तर नयाँ खोज गरिरहेको सामाजिक संजाल मार्फत खुलाएका छन् ।

भूवनका अनुसार, अनमोल र उनको मुख्य भूमिका रहने फिल्मको छायांकन तिहारपछि सुरु हुँदैछ । आइतबार लिखित संझौता गर्दै फिल्मको वितरण जिम्मा एफडी कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal