‘मिस्टर नेपाली’को छायांकन सकियो



फिल्म ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ । देव भुषालको निर्देशनमा तयार भएको फिल्मको काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी इन्ड क्ल्याप गरिएको हो । फिल्मको छायांकन सकिए संगै तिहारको छेकोमा रिलिज गर्ने तयारी रहेको निर्माण पक्षले बताएको छ ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको हो । चलचित्रमा नायक भूवन केसी दोहोरो भूमिकामा देखिँदैछन् । फिल्ममा भुवन संगै रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको छ ।


कार्यक्रममा बोल्दै नायक भूवन केसीले फिल्मको कथावस्तुले व्यवसायिकतासँग राष्ट्रियता पनि बोकेको बताए । फिल्मका निर्देशक देव भुषालले सबैको साथ र सहयोगले फिल्मको छायांकन कुनै अवरोध बिना सकिएको र एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको बताए ।

प्रेमराज दाहालको निर्माण रहेको फिल्ममा हिमाल केसीको द्वन्द, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal