हरिवंशलाई ‘बुढो हुन मन छैन’



वरिष्ठ कलाकार हरिवंश आचार्यको ‘बुढो हुन मन छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बुढ्यौलीको अनुभूति समेटिएको गीत हरिवंशले बुढ्यौली आवाजमा नै गाएका छन् । सार्वजनिक गीतको भिडियोमा हरिवंश आफैले अभिनय गरेका छन् भने निर्देशन सुदन केसीले गरेका हुन् । जीवित जलामीको एरेन्ज रहेको गीतको भिडियो दिर्घ गुरुङले खिचेका हुन् भने सम्पादन हकुल खड्काको रहेको छ ।





प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal