राष्ट्रपति निवासको ट्वाइलेटमा आराम गर्दै कलाकार सरोज खनाल



गत शुक्रवार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा उपस्थित कलाकर्मीले आ-आफ्नै हिसाबमा फोटोहरु सामाजिक संजालमा पोस्ट गरे । ति फोटो पोस्टहरुको भिडमा कलाकार सरोज खनालको एउटा फोटोले फिल्म व्रित्तमा चर्चा पायो । उक्त कार्यक्रममा आफ्नो प्रस्तुतीका लागि ब्याक स्टेजमा रहेका उनी बस्ने ठाउँँको अभाव भएपछी ट्वाइलेटको कमोडमा बसेर आरम गर्दै थिए । उनले नायिका करिश्मा मानन्धरले पोस्ट गरेको एक स्टाटसमा कमेन्ट गर्दै उक्त फोटो पोस्ट गरेका थिए । एउटा ८ /१०को कोटामा ३०-३५ जना कलाकारलाई कोचेर राखिएकोले ठाउँँ अभावका कारण आफु ट्वाइलेटको कमोडमा बस्न वाध्य भएको उनले बताएका छन् । कलाकर्मी कै सम्मानका लागि आयोजना गरिएको उक्त कार्यक्रममा अग्रज कलाकारको यो दुर्दशा देखेर धेरैले धेरै थरीका टिका टिप्पणी गरे । आयोजक चलचित्र विकास वोर्डले कार्यक्रमको सही ब्यवस्थापना गर्न नसक्दा कलाकर्मीले भोग्नु परेको यो हविगतले गर्दा धेरै फिल्मकर्मी विकास वोर्ड प्रती रुस्ट बनेका छन् ।

नायिका करिश्मा मानन्धरले उक्त अवार्ड प्रती असन्तुस्टी ब्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा लेखेकी थिइन्, ‘एकादेशको कथा ,पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस तपाईं हाम्रो आमा हो । हामी तपाईंकोलागि ज्यान दिन्छौं ।’

त्यही स्टाटसमा फोटो सहित कमेन्ट गर्दै खनालले लेखेका छन्, ‘म तपाइँको भनाइ प्रति सहमत छु । नृत्य गुरुको कुरा काट्न नसक्दा म सहभागी भएँ । तर यो ठाउँमा मेरो पहिलो र अन्तिम सहभागिता हो । सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए तर हामी पफर्मर करिब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे ….के गरु आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिन । तर “मनको बह कसैलाई कह” भन्छन तेसैले आइ सेयर विथ यु ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal