आँचलका ‘बेस्टेस्ट फ्रेण्ड’ उदिप



नायिका आँचल शर्मा अभिनित फिल्म दाल भात तरकारी केही समय अगाडी प्रदर्शनमा आएको थियो । सो फिल्म पछी आँचल फुर्सदमा छिन् । अहिले उनी केही म्युजिक भिडियोमा ब्यस्त छिन् ।

पछिल्लो समय नायक पल शाह सँगको उनको प्रेम चर्चा सेलाउन थालेको छ । केही फिल्ममा एकसाथ काम गरेका उनीहरुलाई दर्शकले निकै रुचाए । म्युजिक भिडियो देखी फिल्म सम्ममा उनीहरुको जोडी निकै जमेको पनि देखियो । दर्शकहरुले उनीहरुलाई आँप जोडीको उपमा समेत थमाइदिए । तर, अहिले उनीहरुको समय परिवर्तन भएको छ । सँगै भन्दा नि उनीहरु एक अर्काबाट टाढा रहेर नै रमाई रहेको देख्न सकिन्छ ।

यसै बिच नायिका आचल शर्माले सामाजिक सन्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा फोटोको चर्चा हुन थालेको छ । उनले ‘क्याचिङ अप विथ माई बेस्टेस्ट फ्रेन्ड’ भन्दै उदिप श्रेष्ठसँगको फोटो पोस्ट गरेकी छिन् । ब्यवसायी उदिप फिटनेश न्युट्रिसन स्पेसलिस्ट डाक्टर समेत हुन् ।


केही समय यता आँचल र उदितको निकटता बढ्दै गएको छ । जब जब कुनै नायिका कुनै पुरुष सँग निकट देखिन्छन् तब तब उनीहरु प्रेम सम्बन्धमा रहेको गसिप फिल्म वृत्तमा चल्न सुरु हुन्छ । अब अहिले पलसँगको प्रेम चर्चाबाट छुटकारा पाएकी आँचलको उदिपसँगको प्रेम चर्चा सुरु भयो भने अचम्म मन्ने कि नमान्ने ?

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal