‘हजार जुनी सम्म’को आइटम गीतमा सुकुटी साँध्दै दीपाश्री



चलचित्र ‘हजार जुनी सम्म’को आइटम गीत सार्वजनिक भएको छ । ‘सुकुटी साँधन साहुनी‘ बोलको सार्वजनिक गीतमा मिना निरौला र प्रल्हाद तिमिल्सिनाको स्वर, एकनारायण भण्डारीको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ ।

गीतको भिडियोमा निर्देशक तथा कलाकार दीपाश्री निरौलासंगै नायक आर्यन सिग्देलको साथमा स्वस्तिमा खड्का, अखिलेष प्रधान, शिवहरि पौडेल फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा दिपाश्री निरौलालाई भट्टीको साहुनीको रुपमा प्रस्तुत गरिएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । प्रेमकथामा आधारित चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् भने अर्जुन जीसीको सम्पादन र निर्देशक आचार्य संगै सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal